BIZMANDU
www.bizmandu.com

एमजीका नयाँ इभी बजारमा, एमजी ४ को मूल्य ४१.४९ लाख, कोमेट १७.९९ लाखमा पाइने

२०८० भदौ २४

एमजीका नयाँ इभी बजारमा, एमजी ४ को मूल्य ४१.४९ लाख, कोमेट १७.९९ लाखमा पाइने
एमजीका नयाँ इभी बजारमा, एमजी ४ को मूल्य ४१.४९ लाख, कोमेट १७.९९ लाखमा पाइने


काठमाडौं। पारामाउन्ट मोटर्सले एमजीका २ वटा नयाँ गाडी नेपाली बजारमा भित्र्याएको छ। एमजी कमेट र एमजी ४ इभी नेपाली बजारमा भित्र्याइएका हुन्। ती दुवै गाडी आइतबार सार्वजनिक गरिएका छन्।

Tata
GBIME
NLIC

एमजी कमेट इभी भारतमा बनेको गाडी हो जसले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ। यसमा १७३ किलोआवर को ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ। यसमा यात्रुको सुरक्षाका लागि आईपी सिक्स सेभेन रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टि पार्किङ् सेन्सर र सिट बेल्ट राखिएको छ।

यस्तै एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटर जस्ता सुविधा छन्। एमजी कमेट इभीको शुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो इभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ।

कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको र हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिइएको छ।

यस्तै एमजी ४ कम्फर्ट इभीको शुरुवाती मूल्य ४१ लाख ४९ हजार र एमजी लक्जरी इभीको शुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ किलोवाट आवर र मोटर ९९ किलोवाटको हो।

त्यस्तै एमजी लक्जरी इभीको ब्याट्री क्षमता ६४ किलोवाट आवर र मोटर १५० किलोवाटको हो। एमजी ४ इभीको मुख्य आकर्षण इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो। एमजी ४ इभी २०२३ को युके कार अफ द इयर भएको गाडी हो। यसले युरोपमा पनि सेफ्टीका लागि ५ स्टार पाएको छ।

एमजी ४ इभीले सिंगल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। राम्रो ह्यान्ड्लिङ र ट्र्याक्सनका लागि एमजी ४ इभीमा रियर व्हिल लेआउट राखिएको छ। त्यस्तै यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर छन्।

त्यस्तै एमजी ४ इभीका लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्ष र हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी छ। दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचर छन्।

पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले स्टाइलिस र आफ्नो बजेटमा गाडी किन्न चाहने वर्गका लागि दुवै मोडल उपयुक्त भएको दाबी गरे।

नेपालमा हाल एमजीका १५ सय वटा विद्युतीय गाडी प्रयोगमा छन्। ती गाडीका लागि पारामाउन्ट मोटर्सले १९ वटा चार्जिङ स्टेसन बनाएको छ। सन् २०२३ को अन्त्य सम्म चार्जिङ स्टेसनको संख्या ५० पुर्‍याउने कम्पनीको लक्ष्य छ।