BIZMANDU
www.bizmandu.com

कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको ज्यान गएको प्रकरणमा दोषीमाथि कारबाही हुन्छ: मन्त्री बस्नेत

२०८० भदौ २४

कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको ज्यान गएको प्रकरणमा दोषीमाथि कारबाही हुन्छ: मन्त्री बस्नेत
कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको ज्यान गएको प्रकरणमा दोषीमाथि कारबाही हुन्छ: मन्त्री बस्नेत


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचार नै नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा दोषीमाथि कारबाही गर्ने बताएका छन्।

Tata
GBIME
NLIC

इजिप्टको कायरोमा भएको कार्यक्रममा भाग लिएर आइतबार स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही गर्ने बताएका हुन्।

भदौ १८ गते कान्तिको आकस्मिक कक्षमा लगिएकी मकवानपुरकी पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो।

मन्त्री बस्नेतले यो घटनालाई आफूले गम्भीरतासाथ लिएको बताए। ‘घटना भएको समय विदेशमा रहेको भए पनि मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ’, उनले भने।

उनले अस्पताल पुगेका बिरामीले उपचार नै नपाउने स्थितिलाई सामान्य मान नसकिने बताए।