BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट : सुन ४०० ले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तियो

२०८० भदौ २४

सुनचाँदीको मूल्यमा गिरावट : सुन ४०० ले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तियो
सुनचाँदीको मूल्यमा गिरावट : सुन ४०० ले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तियो


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्दा चाँदीको भाउ पनि १० रुपैयाँले सस्तो भएको हो।

Tata
GBIME
NLIC

गत शुक्रबार १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ११ हजार ९०० पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

गत सोमबार सुनको मूल्य भदौ महिनाकै उच्च १ लाख १३ हजार पुगेको थियो। तर मंगलबारदेखि सुनको मूल्य घटेको देखिन्छ। तीजको मुखैमा एक हजारबढीले सुनको भाउ सस्तो हुँदा उपभोक्तालाई राहत मिलेको देखिन्छ।

त्यसैगरी, शुक्रबार प्रतितोला १४०५ रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार प्रतितोला १३९५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९१९.१४ प्रतिऔंस पुगेको छ। बिहीबार भने सुन १९२५.८ डलरमा कारोबार भएको थियो। चाँदीको मूल्य भने आइतबार प्रतिऔंस २२.९३ डलर पुगेको छ।