BIZMANDU
www.bizmandu.com

कांग्रेसमा चरम गुटबन्दी छ, रोक्ने सामर्थ्य अरूसँग छैन : शशांक कोइराला

२०८० भदौ २४

कांग्रेसमा चरम गुटबन्दी छ, रोक्ने सामर्थ्य अरूसँग छैन : शशांक कोइराला
कांग्रेसमा चरम गुटबन्दी छ, रोक्ने सामर्थ्य अरूसँग छैन : शशांक कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले कांग्रेस चरम गुटबन्दीका कारण समस्यग्रस्त रहेको बताएका छन्। यो गुटबन्दी रोक्ने सामर्थ्य अरु नेताहरुसँग नभएकोसमेत कोइरालाले दाबी गरे।

Tata
GBIME
NLIC

‘कांग्रेसमा चरम गुटबन्दीका कारण समस्या भएको हो। गुटबन्दी रोक्न सक्ने सामर्थ्य अरुमा छैन,’ नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘त्यो म सक्छु।’

गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने उनको भनाइ थियो। केही दिनअघि चितवन पुगेर आगामी महाधिवशेनमा सभापतिको उम्मेद्‍वार बन्ने बताएका कोइरालाले पार्टीको नेतृत्वमा आफ्नो दाबी पेश गर्दै आएका छन्।

कोइरालाले आफू वर्षात् सकिएलगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने समेत बताए।

उनले चिनियाँ राजदुत छन् सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएकोसमेत बताए। चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले ‘नोटिस’मा राख्नपर्ने कोइरालाको भनाइ थियो।