BIZMANDU
www.bizmandu.com

कैलालीको रिलायन्ट टेक्नोको इन्टरनेट सेवा लाइसेन्स दूरसंचार प्राधिकरणले खारेज गर्‍यो

२०८० भदौ २४

कैलालीको रिलायन्ट टेक्नोको इन्टरनेट सेवा लाइसेन्स दूरसंचार प्राधिकरणले खारेज गर्‍यो
काठमाडौंको जमलमा रहेको नेपाल दूरसंचार प्राधिकरणको कार्यालय भवन

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले कैलालीको रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको लाइसेन्स खारेज गरेको छ।

Tata
GBIME

इन्टरनेट (इमेलसहित) अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस गरेतापनि बुझाउनुपर्ने दस्तुर तथा नवीकरणका लागि चाहिने विवरण पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने निर्णय गरेको हो।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै साउन १५ गतेदेखिन नै रिलायन्टको अनुमतिपत्र स्वत: खारेज भएको जनाएको छ। कम्पनीले तिर्न बाँकी रकम ३० दिन भित्र नबुझाए कानुन अनुसार असुली गर्ने चेतावनी प्राधिकरणले दिएको छ।