BIZMANDU
www.bizmandu.com

मोरोक्कोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २००० नाघ्यो, उद्धार र राहत जारी

२०८० भदौ २४

मोरोक्कोमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २००० नाघ्यो, उद्धार र राहत जारी
A view shows a house, damaged in an earthquake, that belongs to Saida Bodchich and her husband Abdellatif Ait Bella, who was injured in the earthquake, in the village of Tansghart in the Asni area, following a powerful earthquake in Morocco, September 9, 2023. REUTERS/Abdelhak Balhaki


मोरोक्कोमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। शुक्रबार राति गएको भूकम्पमा १ हजार ४०० जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

Tata
GBIME
NLIC

मुरकेसको हाई एट्लास माउन्टेन्सलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि उद्धारकार्य जारी छ। मोरोक्कोका राजा मोहम्मद छैटौंले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। उनले राहत र पुनस्थापनाको व्यवस्था गर्न निर्देशन पनि दिएका छन्।

संयुक्त राष्ट्रसंघ, फ्रान्स, स्पेन लगायतका देशहरुले मोरोक्कोलाई राहत र उद्धारका सहयोगको घोषणा गरिसकेका छन्।

भूकम्पपछि हजारौं मानिस खुला ठाउँमा बसिरहेका छन्।

 मोरोक्कोको गृह मन्त्रालयका अनुसार अल हजाउ प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। त्यसपछि टरडाउनट प्रान्तमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ।

हिमाली क्षेत्रमा रहेका पुराना, माटोले बनेका अधिकाशं घरहरु क्षतिग्रस्त भएको छ।

सन् १९६० मा मोरोक्कोमा ६.७ म्यग्नेच्युडको भूकम्प गएको थियो। त्यसबेला १२ हजार मानिसको मृत्यु भएको थियो। शुक्रबार गएको भूकम्प त्यसयताकै सबैभन्दा ठूलो हो।