BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान

२०८० भदौ २२

हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान


काठमाडौं। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनतर्फ गन्तव्य गरेको छ। हिमालय एयरलाइन्सले आइतबारदेखि चीनको चिङताओमा नियमित उडान गर्न लागेको हो।

Tata
GBIME
NLIC

‘चिङताओ चीनको पर्यटकीय गन्तव्य हो। हामीले यो उडानमार्फत दुवै देशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएका छौं’ कम्पनीका एक कर्मचारीले भने,’ अहिले चिङताओबाट काठमाडौं आउने डाइरेक्ट फ्लाइट छैन। यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ।’

सुरुमा सातामा एउटा उडान गर्ने र यात्रुको चाप बढे अर्को महिनाबाटै उडान थप्ने कम्पनीको योजना छ। हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ।

उसले चीनतर्फ पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो। यसको तीन महिनामा कम्पनीले चोङचिङमा नियमित उडान थालेको थियो।

उसले चार वर्षयता चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान पनि गर्दै आएको छ। एयरलाइन्ससँग चारवटा जहाज छन्। कम्पनीले ती जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश लगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ।