BIZMANDU
www.bizmandu.com

उत्कृष्ट काम गरेको भन्दै ४० कर्मचारी पुरस्कृत, १० जनाले १ लाख र ३० जनाले पाए ५० हजार पुरस्कार

२०८० भदौ २२

उत्कृष्ट काम गरेको भन्दै ४० कर्मचारी पुरस्कृत, १० जनाले १ लाख र ३० जनाले पाए ५० हजार पुरस्कार
k|wfgdGqL …k|r08Ú ;fd"lxs tl:a/df sf7df8f}F, M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú lghfdtL lbj;–@)*) sf] cj;/df z'qmaf/ laxfg l;+xb/af/df cfof]lht lghfdtL lbj;–@)*) sf] sfo{qmddf ;Ddflgt sd{rf/L;Fu ;fd"lxs tl:a/df . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडौं। सरकारले ४० कर्मचारीलाई पुरस्कृत गरेको छ। उत्कृष्ट काम गरेको भन्दै सरकारले २०औं निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई पुरस्कृत गरेको हो।

Tata
GBIME
NLIC

१० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार दिइएको छ। उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी जनही १ लाख र निजामती सेवा पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ।

पुरस्कार पाउनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङदेखि राष्ट्रिय योजना आयोगकी कार्यालय सहयोगी शान्ता महर्जनसम्म छन्।

२०औं निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरे। सरकारले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार भने कसैलाई पनि दिएन।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निजामती सेवा विधेयक यथाशक्य छिटो पारित गर्ने आश्वासन दिएका छन्। उनले मन्त्रिपरिषदले विधेयक संसद्‍मा पेस गर्ने निर्णय गरेको भोलिपल्ट दलहरुको सहमतिमा यथाशक्य छिटो पारित गर्ने आश्वासन दिएका हुन्।

प्रधानमन्त्रीले राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए।

उनले शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश जनतालाई दिनुपर्ने भन्दै त्यसका लागि निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्ने बताए। ‘सामाजिक न्याय सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नु पर्छ,’ उनले भने।