BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले बेच्दैछ झन्डै ९ लाख कित्ता?

२०८० भदौ २२

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले बेच्दैछ झन्डै ९ लाख कित्ता?
प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कसले बेच्दैछ झन्डै ९ लाख कित्ता?

काठमाडौं। प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका विद्यमान संस्थापकले सो सेयर बिक्री गर्न निवेदन दिएका हुन्।

Tata
GBIME

हाल सेयर कायम संस्थापकहरुलाई नै बिक्री गरिने बैंकले जनाएको छ। इच्छुक संस्थापकहरुलाई प्राथमिकता दिएर बैंकले शुक्रबार ३५ दिने सूचना जारी गरेको हो। 

सो अवधिमा खरिद गर्न इच्छुकले कति कित्ता के मूल्यमा किन्‍न चाहेको हो, निवेदन पेश गर्न आग्रह गरिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १११ रुपैयाँमा किनबेच भएको थियो। 

तोकिएको मितिसम्म सेयर बिक्री नभए कायम संस्थापक बाहेक अन्य संस्था अथवा व्यक्तिलाई बोलकबोल गरि सेयर बिक्री गरिनेछ।

१५ जना संस्थापकले जम्माजम्मी १४ लाख १६ हजार ७६३ कित्ता सेयर बिक्री गर्दैछन्। जसमध्ये बिनिता अधिकारीले मात्रै ८ लाख ७५ हजार ८७० कित्ता बिक्री गर्न निवेदन दिएकि छिन्।