BIZMANDU
www.bizmandu.com

एनसेलका ग्राहकले आत्महत्या रोकथाम हटलाइनमा फोन गर्दा पैसा नलाग्ने

२०८० भदौ २१

एनसेलका ग्राहकले आत्महत्या रोकथाम हटलाइनमा फोन गर्दा पैसा नलाग्ने
एनसेलका ग्राहकले आत्महत्या रोकथाम हटलाइनमा फोन गर्दा पैसा नलाग्ने


काठमाडौं। आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिनका लागि अब एनसेलका ग्राहकले निःशुल्क फोन गर्न सक्ने भएका छन्। यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य सुरु गरेका छन्।

Tata
GBIME

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा एनसेलले मानसिक अस्पताल, लगनखेललाई हेल्पलाइनका लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ।  

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलबाट पनि आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा सेवाको पहुँच सुनिश्चित भएकामा खुशी व्यक्त गरेका छन्।

‘हामी सबैको जीवनमा मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्छ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं,’ उनले भने।

अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले यो सहकार्यले अमूल्य जीवन बचाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।