BIZMANDU
www.bizmandu.com

एनआरएनलाई सेयर बजारमा भित्र्याउने प्रतिवेदन तयार, लाभांशको वार्षिक १० लाख लैजान पाउँछन्?

२०८० भदौ २१

एनआरएनलाई सेयर बजारमा भित्र्याउने प्रतिवेदन तयार, लाभांशको वार्षिक १० लाख लैजान पाउँछन्?
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share


काठमाडौं। नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गरेको सुरुको लगानी रकम फिर्ता लैजान कुनै सीमा नलाग्ने सुझाव दिएको छ।

Tata
GBIME

एनआरएनलाई दोस्रो बजारमा लगानीका लागि बाटो खुल्ला गर्न बोर्डले तयार अध्ययन प्रतिवेदनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लाई संशोधन गर्दै सो व्यवस्था गर्न राय दिएको हो।

लगानीबाट आर्जन भएको मुनाफा अथवा लाभांशको वार्षिक १० लाख नेपाली रुपैयाँ फिर्ता लैजान दिने बोर्डको राय छ।

प्रतिवेदनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार एनआरएनलाई हाइड्रोपावर ताथ अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी खुलाउन सुझाएको छ। प्रतिवेदनका अनुसार एनआरएनले दोस्रो बजारमा लगानी गर्ने रकमको सीमा तोक्ने अख्तियार बोर्डलाई दिनुपर्नेछ।

राष्ट्र बैंकले पनि एनआरएनलाई सेयर बजारमा लगानी गर्न सहजीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। संरक्षक सदस्य बैंक(कस्टोडियन मेम्बर बैंक)मा एनआरएनले अलग्गै विदेशी मुद्रा बैंक खाता खोल्ने व्यवस्था गरिदिन प्रतिवेदनले सुझाव दिएको छ। जसका लागि बोर्डले तोकेको वाणिज्य बैंकलाई संरक्षक सदस्य बैंकको अनुमति दिन राष्ट्र बैंकसँग आग्रह गर्नेछ।

सो खातामा विदेशी मुद्रा संचित गर्ने र कुल संचित रकमको ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा दिन राय दिएको हो। प्रतिवेदनले बोर्डले गर्नुपर्ने सहजीकरण पनि औल्याएको छ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ: