BIZMANDU
www.bizmandu.com

काठमाडौं-१६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन, श्रद्धाञ्जलीका लागि राष्ट्रियसभा गृहमा शव राखिने

२०८० भदौ २१

काठमाडौं-१६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन,  श्रद्धाञ्जलीका लागि राष्ट्रियसभा गृहमा शव राखिने
काठमाडौं-१६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन, श्रद्धाञ्जलीका लागि राष्ट्रियसभा गृहमा शव राखिने


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

Tata
GBIME
NLIC

भाइरल निमोनियाबाट बिरामी भएका उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। दुई दिन आइसीयु र दुई दिन भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रिजाल गत आइतबार आफै उपचारका लागि ग्रान्डी पुगेको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले रिजालको निधनको पुष्टि गरिन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  वसन्त अधिकारीकाले रिजालको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने जानकारी दिए।

त्यसपछि अन्तिम संस्कारका लागि शवलाई पशुपति आर्यघाट लगिने उनले बताए।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिसमेत रहेका उनले काठमाडौं-१६ को वडा अध्यक्षका रुपमा दोस्रो कार्यकाल निर्वाह गरिरहेका थिए।