BIZMANDU
www.bizmandu.com

अमेरिकी मिडियाको दाबी : चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा रोक लगायो

२०८० भदौ २१

अमेरिकी मिडियाको दाबी : चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा रोक लगायो
अमेरिकी मिडियाको दाबी : चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा रोक लगायो

चीनले केन्द्रीय सरकारका कर्मचारीहरुलाई कार्यालयमा आइफोनको प्रयोगमा रोक लगाएको वाल स्ट्रीट जर्नलले दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

स्रोतलाई उद्धत गर्दै आइफोनको प्रयोगमा रोक लगाइएको र यसबारेमा कर्मचारीहरुलाई च्याट ग्रुप र मिटिङबाट सूचित गरिएको उल्लेख गरिएको छ।

एप्पल र चीनको विदेश मन्त्रायले भने यसबारेमा केही बताएको छैन।

नीतिगत नियम नभए पनि चीनमा यसअघि पनि सरकारी कर्मचारीहरुलाई आइफोनको प्रयोगमा बन्देज थियो। साइबर सुरक्षाको चुनौतीका कारण चीनले यो निर्णय गरेको हो।

गत जुनमा चीनका केही मन्त्रायलले टेस्ला गाडीलाई आफ्नो मन्त्रालय परिसरमा प्रवेशमा रोक लगाएको थियो। सुरक्षाको कारण देखाउँदै सो निर्णय गरिएको सीएनएनले उल्लेख गरेको थियो।

अमेरिकामा चीनको हुवावे, जेटीइ लगायतका टेक जायन्टहरुमाथि प्रतिबन्ध लगाइएको छ। चीनले त्यसैको विरोधमा अमेरिकालाई बेलाबेलामा चेतावनी दिँदै आइरहेको छ। चीनको पछिल्लो निर्णयले त्यहाँ उत्पादन र बजार भएका विदेशी ब्रान्डहरु प्रभावित हुने अनुमान गरिएको छ।