BIZMANDU
www.bizmandu.com

देउवाको समूहबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सक्छु: शशांक कोइराला

२०८० भदौ २०

देउवाको समूहबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सक्छु: शशांक कोइराला
देउवाको समूहबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सक्छु: शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट आबफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

संस्थापनइतर समूहका नेता डा शेखर कोइरालाले आगामी महाधिवेशनमा समर्थन जुटाउन अहिलेदेखि नै देउवासँग निकटता बढाउन थालेको भनिएका बेला शशांकले बुधबार सार्वजनिक रुपमा नै आफू देउवा समूहको तर्फबाट सभापतिको उम्मेदवार बन्न सक्ने बताएका हुन्।

शशांकले साउन पहिलो साता केन्द्रीय समितिको बैठक चलिरहेका बेला एक बैंक्वेटमा चियापान कार्यक्रम राखेर देउवाले आफूलाई साथ दिने आशय प्रकट गरेका थिए।

उनले बुधबार भरतपुर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै आफू सभापतिको उम्मेदवार बन्ने/नबन्ने कुरा अहिले नै टुंगो नलागेको तर प्रतिस्पर्धा गर्न चाहे देउवाको समूहबाट उम्मेदवारी दिने सम्भावना रहेको बताए।

आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट तपाइँ उम्मेदवार हुने सम्भावना कत्तिको छ? भन्ने प्रश्नमा कोइरालाले भने, ‘सम्भावना छ, किन छैन? नहुने भन्ने के छ?’ उनले यसबारे सल्लाह गरेर मात्र निर्णय लिने बताए। उनी गएको १४ औं महाधिवेशनदेखि नै देउवातिर छन्। विधान अनुसार १५ औं महाधिवेशन अब तीन वर्षपछि गर्नु पर्नेछ।