BIZMANDU
www.bizmandu.com

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत  

२०८० भदौ २०

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत  
नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत  


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। एसिया कप क्रिकेट खेलेर राष्ट्रिय टोली बुधबार श्रीलंकाबाट काठमाडौं फर्किएको हो।

Tata
GBIME

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा समूह चरणबाट पराजयसँगै बाहिरिएपछि टोली फर्किएको हो। नेपाली टोलीको स्वागतार्थ सशस्त्र प्रहरीको ब्याण्ड टोलीले मंगलधुन बजाएको थियो।

टोलीको खेल प्रत्यक्ष हेर्न गएका केही नेपाली दर्शक पनि सँगै फर्किएका छन्। टोलीलाई क्रिकेट स‌ंघका पदाधिकारी तथा समर्थकहरुले स्वागत गरे। नेपालले समूह चरणमा पाकिस्तान र भारतसँग खेलेको थियो।

खेलमा नेपाली टोली पराजित भए पनि भारत र पाकिस्तानजस्ता क्रिकेट जगतका ठुला टिमसँग साहसिक प्रदर्शन गरेको थियो। विमानस्थल पुगेका खेल समर्थकले खेलाडीको प्रशंसा गर्दै स्वागत गरेका थिए।