BIZMANDU
www.bizmandu.com

आफूलाई अभियन्ता बताउने युवकले कांग्रेस सहमहामन्त्री यादव माथि गरेका थिए आक्रमण, थप अनुसन्धान हुँदै

२०८० भदौ २०

आफूलाई अभियन्ता बताउने युवकले कांग्रेस सहमहामन्त्री यादव माथि गरेका थिए आक्रमण, थप अनुसन्धान हुँदै
आफूलाई अभियन्ता बताउने युवकले कांग्रेस सहमहामन्त्री यादव माथि गरेका थिए आक्रमण, थप अनुसन्धान हुँदै


काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ घर भएका श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो यादव माथि खुकुरी प्रहार भएको थियो।

क्लबमा यादव एक साक्षात्कार कार्यक्रममा सहभागी थिए। उनी क्लबबाट बाहिरिँदै गर्दा सापकोटाले खुकुरी प्रहार गरेका थिए। पक्राउ परेका युवकले प्रहरी समक्ष आफूलाई अभियान्ता बताउँदै आएका छन्।

‘अभियान्ता भएको र एमसीसीको विरोध लगायत विषयलाई लिएर खुकरी हानेको बताउँछ,’ प्रहरी स्रोतले भन्यो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।