BIZMANDU
www.bizmandu.com

आयोनिक ५, किया इभी ६ जस्तै बीवाइडी ‘सिल’ नाडामा, मूल्य १ करोड ५ लाख

२०८० भदौ २०

आयोनिक ५, किया इभी ६ जस्तै बीवाइडी ‘सिल’ नाडामा, मूल्य १ करोड ५ लाख
आयोनिक ५, किया इभी ६ जस्तै बीवाइडी ‘सिल’ नाडामा, मूल्य १ करोड ५ लाख


काठमाडौं। बीवाइडीको लक्जरियस गाडी सिल राजधानीमा हुने सवारी मेला नाडा अटो शोमा देख्न पाइने भएको छ। बीवाइडी गाडीको बिक्रेता साइमेक्स इंकले सिल आगामी २६ गतेदेखि हुने नाडा अटो शोमा राख्ने जनाएको छ।

Tata
GBIME
NLIC

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै उक्त गाडी मूल्य सार्वजनिक गरेको छ। उक्त गाडीको मूल्य नेपाली बजारमा १ करोड ५ लाख रुपैयाँ हुने भएको छ। मूल्य सार्वजनिकसँगै बिक्रेता कम्पनीले उक्त गाडी नाडा अटो शोमा ल्याउने पक्का भएको छ।

यसमा ८२.५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५७० किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा सेल-टु- बडी टेक्नोलोजीमा निर्माण भएको छ। यसमा पनि बिवाइडीको ब्लेड ब्याट्री उपलब्ध छ। यो गाडी अल न्यू बिवाइडी ई-प्लाटफर्म ३.० डिजाइनमा उत्पादन गरिएको छ।

यो गाडी हुन्डाईको आयोनिक ५ र कियाको इभी ६ जस्तै छ। यो गाडी सेडान इलेक्ट्रिक कार हो।