BIZMANDU
www.bizmandu.com

एसिया कपमा हारे पनि खेलाडीलाई कर्पोरेट क्षेत्रको आकर्षक पुरस्कार, कसको भागमा कति?

२०८० भदौ १९

एसिया कपमा हारे पनि खेलाडीलाई कर्पोरेट क्षेत्रको आकर्षक पुरस्कार, कसको भागमा कति?
एसिया कपमा हारे पनि खेलाडीलाई कर्पोरेट क्षेत्रको आकर्षक पुरस्कार, कसको भागमा कति?


काठमाडौं। नेपाली क्रिकेट टोलीले जारी संस्करणबाट एसिया कपमा डेब्यु गर्‍यो। एसिया कप क्रिकेटअन्तर्गत नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो।

Tata
GBIME
NLIC

पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भयो। एकदिवसीय वरीयतामा शीर्ष नम्बरमा रहेको पाकिस्तानसँग भन्दा भारतसँग खेल्दा नेपालीले धेरै चासो दिए।

यसैको परिणाम हुनुपर्छ नेपालको खेलको समयमा केही स्थानीय तहले विद्यालयमा हाफ छुट्टी दिए। यसबाहेक धेरै चासो र चर्चामा रह्यो केही कर्पोरेट र स्थानीय तहको पुरस्कार रकम घोषणा। भारतसँगको खेलका लागि नेपाली खेलाडीले हान्ने हरेक चौका, छक्का र अर्धशतक तथा लिने विकेटमा पुरस्कार घोषणा गरे।

पुरस्कार घोषणामा सबैभन्दा अगाडि आएको थियो अर्ना बियर। उसले हरेक छक्का र विकेटका लागि १ लाख रुपैयाँ तथा चौकाका लागि २५ हजार रुपैयाँ घोषणा गर्‍यो।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले हरेक विकेटमा ५ लाख, हरेक छक्कामा १ लाख र हरेक चौकामा ५० हजार रुपैयाँबराबर बीमा गर्ने घोषणा गर्‍यो।

इसेवाले अर्धशतक प्रहार गर्नेलाई ५० हजार, पहिलो विकेट लिनेलाई २५ हजार र बिराट कोहलीको विकेट लिनेलाई २५ हजार रुपैयाँ घोषणा गर्‍यो।

कर्पोरेट बाहेक स्थानीय निकायहरु पनि यसमा अघि सरे। कञ्चनपुरको शुक्लाफाँटा गाउँपालिकाले शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीका लागि एक लाख रुपैयाँ घोषणा गर्‍यो। त्यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिकाले अर्धशतकको ५० हजार शतकको एक लाख र ह्याट्रिक विकेटको ५० हजार रुपैयाँ घोषणा गर्‍यो।

पुरस्कार घोषणा गरिएको शीर्षकलाई आधार मानेर हेर्दा आशिफ शेखले ८ चौका र अर्धशतक बनाउँदा कुशल भुर्तेलले २ छक्का र ३ चौका प्रहार गरे। त्यस्तै सोमपाल कामीले २ छक्का र १ चौका प्रहार गर्दै ४८ रन बनाए। त्यस्तै गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान ३ चौका प्रहार गरे।

यो हिसाबले कसको खातामा आउँछ धेरै पैसा?

यी पाँच घोषणालाई आधार मान्ने हो भने सबैभन्दा धेरै रकम आशिफ शेखको खातामा आउँछ।

शेखले ८ चौकाबापत अर्ना बियरबाट २ लाख, इसेवाबाट अर्धशतकको ५० हजार, जनकनन्दिनी गाउँपालिकाबाट अर्धशतकबापत ५० हजार र सिटिजनलाईफबाट ८ चौकाबापत ४ लाख गरी ७ लाख रुपैयाँको बीमा प्राप्त गर्नेछन्।

त्यस्तै, दोस्रो नम्बरमा कुशल भुर्तेलले ३ चौका र २ छक्का वापत अर्ना बियरबाट २ लाख ७५ हजार, सिटिजन लाइफबाट कुशल भुर्तेलको २ छक्काबापत २ लाख, ३ चौकावापत १ लाख ५० हजार गारी ३ लाख ५० हजार प्राप्त गर्नेछन्।  उनले कुल १ लाख २५ हजार प्राप्त गर्नेछन्।

त्यस्तै सोमपाल कामीले दुई छक्का र १ चौकाको सहायतामा ४८ रन बनाउँदा कुल ४ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसबाहेक गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान २ लाख २५ हजार प्राप्त गर्ने देखिन्छ।  

पुरस्कार घोषणा गर्ने संस्थाकुशल भूर्तेलआशिफ शेखसोमपाल कामीगुलसन झादीपेन्द्रसिंह ऐरी
अर्ना वियर२७५०००२०००००२२५०००७५०००७५०००
सिटिजन लाइफ३५००००४०००००२५००००१५००००१५००००
इसेवा५००००
जनक नन्दिनी गाउँपालिका५००००
शुक्लाफाँटा नगरपालिका
जम्मा पुरस्कार६२५०००७०००००४७५०००२२५०००२२५०००

शतक र विकेटमा ठूलो पुरस्कार घोषणा गरिएको भए पनि नेपाली खेलाडी त्यसमा सफल हुन सकेनन्।

कर्पोरेट क्षेत्रको चासो किन?

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले खेलाडीलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको बताए। इन्स्योरेन्सले पुरस्कार प्रदानका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग कुरा गरिसकेको छ। ‘खेलाडी स्वदेश फर्किएपछि क्यानसँग समन्वय गरेर पुरस्कार दिन्छौं’, पौडेलले भने।

इसेवाले क्रिकेटमा नेपालीहरुको बढ्दो चासोका कारण लगानी गर्न लागेको हो। यसपालि खेलाडीलाई हौस्याउन पुरस्कार रकम घोषणा गरेको इसेवाले क्रिकेटमा थप लगानी गर्दैछ।

इसेवाका ब्राण्ड म्यानेजर निशान्त अधिकारीले खेलाडी फर्किएको एक हप्ताभित्र पुरस्कार रकम दिइसक्ने तयारी रहेको बताए। ‘हामीले क्यानसँग कोअर्डिनेट गरेर नै पुरस्कार घोषणा गरेका थियौँ। खेलाडी फर्किएको एक हप्तामै हामी पुरस्कार ह्याण्डओभर गर्नेछौँ,’ अधिकारीले भने, ‘यसबाहेक क्यानसँग मिलेर अन्य घोषणा पनि गर्नेछौँ।’