BIZMANDU
www.bizmandu.com

अमेरिकाको दाबी : पुटिनलाई भेट्न किम रसिया जाँदैछन्, होला हतियार खरिद बारे सम्झौता?

२०८० भदौ १९

अमेरिकाको दाबी : पुटिनलाई भेट्न किम रसिया जाँदैछन्, होला हतियार खरिद बारे सम्झौता?
North Korean leader Kim Jong Un meets with Russian President Vladimir Putin in Vladivostok, Russia in this undated photo released on April 25, 2019 by North Korea's Central News Agency (KCNA). KCNA via REUTERS


उत्तर कोरियाली नेता किम जोङ उन अर्को महिना रसिया भ्रमणमा जाने तयारीमा रहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन्। युक्रेन युद्ध चलिरहेको बेला किमले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने तयारी थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन्।

Tata
GBIME
NLIC

भेटका क्रममा उत्तर कोरियाले मस्कोलाई हतियार खरिद गर्नेबारे चर्चा हुने अमेरिकी अधिकारीहरुले स्रोतलाई उद्धत गर्दै बताएका हुन्। तर भेट हुने स्थान तय हुन भइनसकेको बताइएको छ।

न्यूयोर्क टाइम्सका अनुसार ‘आर्मर्ड ट्रेन’मा किम रसिया जाने तयारीमा छन्। ह्वाइट हाउसले उत्तर कोरिया र रसियाबीच हतियार खरिद गर्नेबारे सम्झौता हुने बताइरहेको बेला किम रसिया जान लागेका हुन्।

केही महिना अघि देखि रसियाका रक्षा मन्त्री जोनी किरबीले उत्तर कोरियासँग हतियार खरिद गर्न संवादको थालनी गरेका थिए। त्यसयता पुटिन र किमबीच द्विपक्षीय सहयोगलाई बढाउनेबारे पटकपटक टेलिफोन संवाद भएको थियो।

अमेरिकी मिडियाहरुले किम उत्तर कोरिया जाने बताइरहे पनि रसिया र उत्तर कोरियाबाट भने यसबारेमा केही पुष्टि भएको छैन।

युक्रेनसँगको युद्ध लम्बिँदै गर्दा रसियालाई हतियार दिने देशमाथि अमेरिकाले प्रतिबन्ध लगाउने बताउँदै आइरहेको छ। रसियाले भने अमेरिका र युरोपले दोहोरो चरित्र देखाइरहेको आरोप लगाइरहेको छ। युक्रेनलाई अमेरिका र युरोपेली देशले हतियार दिइरहेको तर आफूलाई भने रोक्न खोजेको रसियाको आरोप छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै ५५९ दिन अघि युद्ध सुरु भएको थियो।