BIZMANDU
www.bizmandu.com

आशिफको अर्धशतकमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य, दोस्रो इनिङ्समा पनि वर्षाकै चिन्ता

२०८० भदौ १८

आशिफको अर्धशतकमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य, दोस्रो इनिङ्समा पनि वर्षाकै चिन्ता
आशिफको अर्धशतकमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य, दोस्रो इनिङ्समा पनि वर्षाकै चिन्ता


काठमाडौं। नेपाली क्रिकेट टोलीले भारतविरुद्ध राम्रो ब्याटिङ गरेको छ। श्रीलंकाको पल्लेकेल स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।

Tata
GBIME
NLIC

नेपाललाई राम्रो सुरुवात दिलाउन ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५९ बलमा ६५ रनको साझेदारी गरेर राम्रो सुरुवात दिलाए। ९.५ ओभरमा २५ बलमा ३८ रन बनाएका कुशल भुर्तेल सार्दुल ठाकुरको बलमा इशान किशनबाट क्याचआउट हुँदा नेपालको स्कोरबोर्डमा ६५-१ को सहज अवस्था थियो। सुरुवाती पाँच ओभरमा भारतका फिल्डर विराट कोहली, इशान किशन र श्रेयस ऐय्यरले तीन क्याच ड्रप गरेका थिए।

Photo: ACC

नेपालको मध्यक्रम भने चल्न सकेन। भुर्तेलपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्लले ब्याटिङमा आशिफलाई राम्रो साथ दिन सकेनन्। उनीहरुले क्रमश ७, ५ र २ रन बनाए। त्यसपछि आएका गुलसन झाले भने आशिफसँग ४८ बलमा ३१ रनको साझेदारी गरे।

आशिफले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५८ रन बनाए। यसक्रममा ९७ बलमा ८ चौका प्रहार गरे।

त्यस्तै गुलसन झा २३ रन बनाएर आउट हुँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५६ बलमा ५० रनको साझेदारी गर्दै पारि उकासे। ऐरीले २५ बलमा २९ रन बनाए। सानदार पारि खेलेका सोमपाल भने दुई रनले अर्धशकतक बनाउन चुके। उनले ५६ बलमा २ छक्का र १ चौकाको सहायतामा ४८ रन बनाए। त्यस्तै सन्दीप लामिछाने करण केसीसँग समझदारी नबन्दा ९ रन बनाएर रनआउट भए।

बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिँदा मोहम्मद समी, हार्दिक पाण्ड्या र सार्दुल ठाकुरले समान १ विकेट लिए।

वर्षाले खेलमा बाधा गरे पनि अम्पायरले ओभर भने छोट्याएनन्। नेपाल १७६-६ को अवस्थामा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो। भारतको इनिङ्समा पनि वर्षाको भने जोखिम छ।