BIZMANDU
www.bizmandu.com

भदौ २२ गते वाग्मती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा, योजना आयोग सदस्यमा बस्नेत मनोनीत

२०८० भदौ १८

भदौ २२ गते वाग्मती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा, योजना आयोग सदस्यमा बस्नेत मनोनीत
भदौ २२ गते वाग्मती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा, योजना आयोग सदस्यमा बस्नेत मनोनीत


हेटौंडा। वाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको हो। प्रदेशका तीन जिल्लामा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो।

Tata
GBIME

चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा हुनेछ।

बैठकले काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको छ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गरको छ।