BIZMANDU
www.bizmandu.com

संचालनमा आयो ग्लोबल आइएमई बैंकको नगद र चेक डिपोजिटर मेसिन, यी शाखामा छ सुविधा‍

२०८० भदौ १८

संचालनमा आयो ग्लोबल आइएमई बैंकको नगद र चेक डिपोजिटर मेसिन, यी शाखामा छ सुविधा‍
संचालनमा आयो ग्लोबल आइएमई बैंकको नगद र चेक डिपोजिटर मेसिन, यी शाखामा छ सुविधा‍


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन संचालनमा ल्याएको छ। बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन संचालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

यससँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका नगद तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ।

बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन संचालनमा ल्याएको छ। यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड, कुलेश्वर र काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगंज शाखामा चेक डिपोजिटर मेशिन संचालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक संचालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गरे।

सो अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपझोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए। उनले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताए।

‘यो मेसिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, बिना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ। समयको बचत हुनेछ। २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,’ उनले भने।