BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सभामा प्रधानमन्त्री दाहालको जवाफ- संघीय निजामती विधेयक भोलि स्वीकृत हुन्छ

२०८० भदौ १८

राष्ट्रिय सभामा प्रधानमन्त्री दाहालको जवाफ- संघीय निजामती विधेयक भोलि स्वीकृत हुन्छ
राष्ट्रिय सभामा प्रधानमन्त्री दाहालको जवाफ- संघीय निजामती विधेयक भोलि स्वीकृत हुन्छ


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती विधेयकको मस्यौदालाई अन्तिम रुप दिइसकेको र भोलिको मन्त्रिपरिषद बैठकबाट स्वीकृत गर्ने बताएका छन्।

Tata
GBIME
NLIC

प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रिय सभाको बैठकमा संघीय निजामती कानुन बनाउन ढिला भएको महसुस गरी सरकारले विधेयक अगाडि बढाउन लागेको बताएका हुन्। ‘विधेयकको मस्यौदालाई अन्तिम रुप दिइएको छ। भोलिको मन्त्रिपरिषद बैठकबाट स्वीकृत गरी अघि बढाउने तयारी छ’, उनले भने।

सरकारले अघिल्लो संसद्‍मै संघीय निजामती विधेयक लगेको थियो। विधेयक राज्य व्यवस्था समितिबाट पारित भइ प्रतिनिधि सभामा पेस गरिसकेको अवस्थामा ११ महिनाअघि सरकारले फिर्ता लिएको थियो।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि नयाँ र संशोधनसहित १९१ वटा कानुन बनाइएको बताएका छन्। उनले बाँकी कानुन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै यसमा संसद पनि गम्भीर हुनुपर्ने बताए।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गरेको अध्ययन अनुसार संविधान निर्माणका लागि अझै १८१ कानुन बनाउन बाँकी छ।

राष्ट्रिय सभाले प्राथमिकता तय गरी ती कानुन तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुशासन कायम गर्न, संघीयताको प्रभावकारी कार्यान्वयन गर्न र कानुनी रिक्तता पूरा गर्नका लागि बाँकी कानुन तर्जुमा गर्न सरकारलाई निर्देशन दिए। ‘समितिको प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयनमा सरकार गम्भीर हुने विश्वास छ,’ उनले भने।