BIZMANDU
www.bizmandu.com

सरकारसँग सांसदले मागे बजेट कार्यान्वयनको प्रगति, ‘महँगी बढ्दा बजारमा किन हस्तक्षेप नगरेको?’

२०८० भदौ १८

सरकारसँग सांसदले मागे बजेट कार्यान्वयनको प्रगति, ‘महँगी बढ्दा बजारमा किन हस्तक्षेप नगरेको?’
सरकारसँग सांसदले मागे बजेट कार्यान्वयनको प्रगति, ‘महँगी बढ्दा बजारमा किन हस्तक्षेप नगरेको?’


काठमाडौं। सांसदहरुले बजेट कार्यान्वयनको प्रगति विवरण मागेका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारसँग बजेट कार्यान्वयनको प्रगति विवरण मागेका हुन्।

Tata
GBIME
NLIC

‘बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि साउनभित्र बनाइसक्ने भनिएको थियो। त्यसमा के प्रगति भयो?’, सांसद दाहालले भने, यस्तै काठमा आत्मनिर्भर हुने र आयात रोक्ने भनिएको थियो। बजेट पारित गरेको निकै समय भयो। कार्यान्वयनको स्थितिबारे सरकारले प्रतिवेदन पेस गरोस्।’

सरकारले विकास बजेट निकै न्यून खर्च भइरहेको स्थितिमा आवश्यक सबै कार्यविधि साउनभित्र बनाइसक्ने र त्यसपछि अन्य तयारी गरी कात्तिकभित्र ठेक्का लगाउने घोषणा बजेटमार्फत गरिएको थियो।

कांग्रेस सांसद रामनाथ अधिकारी दैनिक उपभोग्य वस्तुको भाउ अकासिंदा पनि बजारमा हस्तक्षेप नगरेको भन्दै सरकारको आलोचना गरे। ‘जिरा, चामल, दाल, तेल लगायत वस्तुको भाउ छोइ नसक्नु भएको छ। तर सरकार कालोबजारी नियन्त्रण गर्न किन डराएको?’, उनले प्रश्‍न गरे।

एमाले सांसद विद्या भट्टराईले दैनिक उपभोग्य वस्तुको भाउ अकासिंदा तिनै तहका सरकार मौन बसेको आरोप लगाइन्। उनले भनिन्, ‘अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ताको भान्सा प्रभावित बन्न पुगेको छ तर सरकारले किन बजारमा नियमन गरिरहेको छैन?’