BIZMANDU
www.bizmandu.com

‘एक्स’ले किन गर्दैछ प्रयोगकर्ताको बायोमेट्रिक र जागिरको सूचना संकलन?

२०८० भदौ १८

‘एक्स’ले किन गर्दैछ प्रयोगकर्ताको बायोमेट्रिक र जागिरको सूचना संकलन?
Photo : Elon Musk

इलन मस्कको एक्स (ट्वीटर) ले प्रयोगकर्ताहरुको बायोमेट्रिक र जागिरको सूचना संकलन गर्ने घोषणा गरेको छ। यही साता आफ्नो प्राइभेसी पोलिसीमा अपडेट गर्दै कम्पनीले यो डिस्क्लोजर राखेको थियो।

Tata
GBIME

पोलिसीमा भनिएको छ, ‘तपाईंहरुको स्वीकृतिमा हामी तपाईंहरुको बायोमेट्रिक सूचनाहरु संकलन गर्नेछौं। यो तपाईंहरुकै सुरक्षा र परिचय पुष्टि गर्न प्रयोग हुनेछ।’

एक्सले पोलिसीको अर्को नयाँ खण्डमा प्रयोगकर्ताहरुको जागिर र शैक्षिक अवस्थाबारेको सूचना पनि संकलन गर्ने उल्लेख गरेको छ। एक्सले प्रयोगकर्ताहरुको रुची, कौशल र क्षमता, जागिर खोजेको इतिहास पनि संकलन गर्ने उल्लेख गरेको छ।

‘जब हिस्ट्री सर्च’ को सूचना लिएर एक्सले प्रयोगकर्ताहरुलाई उनीहरुले खोजेको जागिरको प्रकृति अनुसारको कन्टेन्ट देखाउनेछ।

एक्सको प्रिमियम प्रयोगकर्ताहरुलाई सरकारले दिएको प्रमाणपत्र अपलोड गर्ने सुविधा दिइनेछ। उनीहरुलाई ‘भेरिफिकेसन’ का लागि सेल्फी खिच्ने सुविधा पनि दिइनेछ। कम्पनीले पोलिसी अन्तर्गत प्रयोगकर्ताको सरकारी प्रमाणपत्रबाट बायोमेट्रिक डेटा पनि लिन सक्नेछ।

यसबाट अकाउन्ट प्रयोग गर्नेको आधिकारिकता पुष्टि गर्न सजिलो हुने कम्पनीले जनाएको छ।