BIZMANDU
www.bizmandu.com

रसुवागढी नाकाबाट एक किलो सुनसहित महिला पक्राउ, अस्पताल भर्ना

२०८० भदौ १७

काठमाडौं । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला मितेरी पुलबाट पक्राउ परेकी छिन्।

Tata
GBIME

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन्।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा शनिबार सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।