BIZMANDU
www.bizmandu.com

पाटन हाउसमा ‘एउटा भन्ने तरिका’, तस्विरमार्फत भनिँदैछ कथा

२०८० भदौ १६

पाटन हाउसमा ‘एउटा भन्ने तरिका’, तस्विरमार्फत भनिँदैछ कथा
पाटन हाउसमा ‘एउटा भन्ने तरिका’, तस्विरमार्फत भनिँदैछ कथा

काठमाडौं । ललितपुरको धौगलस्थित पाटन हाउसमा ‘एउटा भन्ने तरिका’ फोटो प्रदर्शनी भइरहेको छ। फोटो सर्कलको आयोजनामा अगस्त २५ देखि भइरहेको प्रदर्शनी एक महिनासम्म चल्नेछ।

Tata
GBIME

प्रदर्शनीमा अमित मचामसी, असिम बास्तोला, डेनिस महर्जन, निशा खालिङ राई, निस्था थापा श्रेष्ठ र सुन्दुप डोर्जे लामाको फोटो कथाहरु समावेश छन्। सबै फोटोग्राफरहरुले विभिन्न ‘थिम’मा रहेर फोटो कथा पेश गरेका हुन्।

फोटो सर्कलले गर्दै आएको अन्तर्राष्ट्रिय कथाकारिता कार्यशालामा सहभागी भएका उनीहरुले बढ्लिँदो शहरी परिवेश, पुर्खौली नासो, बुबाहरुको संघर्ष आदिलाई फोटोमार्फत प्रस्तुत गरेका छन्।

फोटो सर्कलले नयाँ भिज्युल स्टोरीटेलिङ वर्कशपको लागि आवेदन पनि खुलाइ सकेको छ।