BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र केही समस्यामा छ, तर धेरै निराश हुनुपर्ने कारण छैन : अर्थमन्त्री डा. महत

२०८० भदौ १६

अर्थतन्त्र केही समस्यामा छ, तर धेरै निराश हुनुपर्ने कारण छैन : अर्थमन्त्री डा. महत
अर्थतन्त्र केही समस्यामा छ, तर धेरै निराश हुनुपर्ने कारण छैन : अर्थमन्त्री डा. महत


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताएका छन्। बुटवल जेसिसको स्वर्णजयन्ती समारोह उद्घाटन एवं सम्मान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्।

Tata
GBIME
NLIC

‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्‍चय नै अहिले हामी समस्यामा छौँ, अर्थतन्त्र केही समस्यामा छ,’ उनले भने, ‘तर धेरै निराश हुनुपर्ने कारण छैन। व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्‍वासमा कमी आएको छ।’

नकारात्मक कुरा गरिराखे आत्मविश्‍वास घटेर जाने भन्दै उनले सबैले खराबै मात्र भन्‍ने हो भने केही गरौँ भन्‍ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्‍ने व्यक्तिसमेत चुप लागेर बस्‍ने उनले बातए। सकारात्मक छलफलको अगुवा गर्न मन्त्री डा महतले जेसिसलाई आग्रह गरे।

अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए। उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैँमा सकारात्मक भएको दाबी समेत गरे।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए। अहिले पुँजीको परिचालन भइरहेको भन्दै मन्त्री महतले मौद्रिक नीतिमा कडाइ गर्दा ब्याज दर बढेको र यो दीगो नभएको भनाइ राखे।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको उनले बताए। जेसिजले लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भूमिका खेलेको उनको भनाइ थियो।