BIZMANDU
www.bizmandu.com

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिको एक महिना, विश्वासको मतको विवादमा सुनुवाइ स्थगित

२०८० भदौ १५

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिको एक महिना, विश्वासको मतको विवादमा सुनुवाइ स्थगित
कोशीका मुख्यमन्त्री थापाको नियुक्तिको एक महिना, विश्वासको मतको विवादमा सुनुवाइ स्थगित


काठमाडौं। कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ स्थगित भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।

Tata
GBIME
NLIC

न्यायाधीश खतिवडाले रिटमा आफूले प्रारम्भिक सुनुवाइका क्रममा नै दृष्टिकोण दिइसकेको भन्दै मुद्दा हेर्न अस्वीकार गरे। रिट सुनुवाइका लागि न्यायाधीश खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा न्यायाधीश खतिवडाको एकल इजलासले भदौ ७ गते अन्तरिम आदेश दिएको थियो। उनले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत् नदेखिएको भन्दै दीर्घकालीन महत्त्वका र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न आदेश दिएका थिए। त्यही दिन आजका लागि पेशी तोक्न भनिएको थियो।

सुनुवाइ स्थगितपछि सरकारको वैधतामाथि थप प्रश्न खडा भएको छ। थापा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्तिको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

एकातिर त्यो एक महिना शुक्रबार पूरा भएको छ भने अर्कातिर थापाले भदौ ४ गते लिएको विश्वासको मत विवादित छ।

सभाको अध्यक्षता गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार बिरामी परेको भनेर काठमाडौं हिंडेपछि उनकै पत्रका आधारमा अध्यक्षता गरेका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले मत सच्याउने क्रममा आफूले पनि थापालाई भोट दिएका थिए।

सभाको अध्यक्षता गरेका मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री थापाले बहुमत पाएको भन्दै कार्कीले रिट दायर गरेका थिए।