BIZMANDU
www.bizmandu.com

सुरु भयो ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’, चार देशका लेखक कलाकारको उपस्थिति

२०८० भदौ १५

सुरु भयो ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’, चार देशका लेखक कलाकारको उपस्थिति
cleg]qL lbJof bQf nlntk'/, !% ebf} M cfhb]lv nlntk'/df ;'¿ ePsf] lqlbj;Lo ;flxTo dxf]T;j …sf7df8f}F–slnª ;flxTo dxf]T;jÚ df ;~rflnt Ú;Ltfsf] k/LIffM blIf0f Plzofdf dlxnf ;ª\3if{Ú ljifos ;q -;];g_ df ;xefuL x'Fb} ef/tLo rnlrq cleg]qL lbJof bQf . tl:a/ M e]if/fh sfsL{÷/f;;


काठमाडौं । यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ।

Tata
GBIME
NLIC

भदौ १७ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले साउथ एसियामा संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौंमा आयोजना हुनु हाम्रा लागि सुखद पक्ष हो। काठमाडौंसँग बनारसको संस्कृति, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरुक्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौं भने हामी अधुरो हुन्छौं। किनकि हामी संस्कृति र भाषाका कारण एकअर्कासँग जोडिएका छौं। हाम्रो समानता संस्कृत भाषा हो।’

त्यस अवसरमा उनले विभिन्न देशबाट नेपाल आएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन आग्रह गरे। काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा–प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिइन्।

उनले भनिन्, ‘यो महोत्सव दक्षिण एशियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो। पहिलो संस्करण झैं दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिबिम्वित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौं।’

उनले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्दै प्रेरणा, प्रज्ञा र उत्सुकताले भरिएको तीनदिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गरिन्। उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मानको घोषणा गरिएको थियो। अभिनेत्री कोइराला भने कार्यक्रममा अनुपस्थित थिइन्।

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शुन्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डाक्टर महेद्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो।

यस महोत्सवमा नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला भएका छन्।