BIZMANDU
www.bizmandu.com

नक्कली नोटसहित मकवानपुरबाट तीनजना पक्राउ, भेटियो हजार दरका ९५ थान नोट

२०८० भदौ १५

नक्कली नोटसहित मकवानपुरबाट तीनजना पक्राउ, भेटियो हजार दरका ९५ थान नोट
नक्कली नोटसहित मकवानपुरबाट तीनजना पक्राउ, भेटियो हजार दरका ९५ थान नोट


काठमाडौं। मकवानपुरमा नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दीपेश दासलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ९५ थान नक्कली नोट बरामद गरेको छ।

धर्मेन्द्र र दीपेशलाई नक्कली नोटसहित नियन्त्रणमा लिए पछि बयानको आधारमा प्रहरीले राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङलाई समेत पक्राउ गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।