BIZMANDU
www.bizmandu.com

काठमाडौंमा आज गाईजात्राको चहलपहल, वसन्तपुरमा यस्तो देखियो सापारु पर्व

२०८० भदौ १५

काठमाडौंमा आज गाईजात्राको चहलपहल, वसन्तपुरमा यस्तो देखियो सापारु पर्व
काठमाडौंमा आज गाईजात्राको चहलपहल, वसन्तपुरमा यस्तो देखियो सापारु पर्व


काठमाडौं । आज काठमाडौंमा सापारु (गाईजात्रा) मनाइँदैछ। तिथि घटबढका कारण भक्तपुरमा बिहीबार नै गाईजात्रा मनाइँदा काठमाडौंमा आज मनाइँदैछ।

Tata
GBIME

काठमाडौंको ‘कोर’ क्षेत्रमा बिहानैदेखि बालबालिकालाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराइँदैछ।

वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ।

आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिँदैछ।