BIZMANDU
www.bizmandu.com

रोयल इन्फिल्ड प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेटवर्क बढाउँदै, नेपालपछि बंगलादेशमा पनि प्लान्ट राख्दै

२०८० भदौ १५

रोयल इन्फिल्ड प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेटवर्क बढाउँदै, नेपालपछि बंगलादेशमा पनि प्लान्ट राख्दै
रोयल इन्फिल्ड प्रमुख अन्तर्राष्ट्रिय बजारमा नेटवर्क बढाउँदै, नेपालपछि बंगलादेशमा पनि प्लान्ट राख्दै


काठमाडौं। भारतको चेन्नइमा रहेको बाइक निर्माता रोयल इन्फिल्डले दक्षिण एसियाली मुलुकका प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो नेटवर्क विस्तार बढाउँदै लगेको छ। कम्पनीले नेपाल लगायत अन्य ५ वटा देशमा आफ्नो एसेम्बली प्लान्ट स्थापना गरिसकेको छ।

Tata
GBIME
NLIC

भारतमा पछिल्लो समय रोयल इनफिल्डको मार्केट खोस्न ग्लोबल ब्रान्ड ट्राइम्फ र हार्ले डेभिडसन सस्तो मोडल लिएर प्रवेश गरेका छन्। ती ग्लोबल ट्राइम्फले बजाज र हार्ले डेभिडसनले हिरो मोटोकर्पसँग सहकार्य गरेर आफना बाइक भारतीय बजारमा ल्याएका हुन्।

यसले रोयल इनफिल्डको बजारलाई भारतमा धक्का पुग्न सक्ने अनुमान भइरहेको छ। तर राेयल इनफिल्ड पनि बजार विस्तारमा आक्रामक बनेको छ। कम्पनीले अहिले बंगलादेश, बेलायत र अमेरिकामा आफ्नो प्लान्ट लगाउने तयारी गरिरहेको छ। ट्राइम्फ बाइकको होम ग्राउन्ड बेलायत हो भने हार्लेको उत्तर अमेरिका हो। त्यसैले रोयल इनफिल्ड यी ब्रान्डहरुको होम ग्राउन्डमा प्रवेश गर्न योजनामा छ।

अहिले रोयल इनफिल्डले नेपाललगायत ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र थाइल्यान्डमा प्लान्ट निर्माण गरेर संचालनमा ल्याइसकेको छ। साथै छिटै बंगलादेशमा पनि आफ्नो प्लान्ट संचालनमा ल्याउन लागेको छ।

कम्पनीले सन् २०२३ को हालसम्म एक लाख युनिट बाइक निर्यात गरिसकेको जनाएको छ। कम्पनीका मुख्य बजारमा पहिलोमा दक्षिण कोरिया, दोस्रोमा अष्ट्रेलिया, फ्रान्स र तेस्रोमा इटाली छन्।

रोयल इनफिल्ड एसियन बाइक मार्केटमा टप थ्रीमा छ। कम्पनीले यसअघि डूकाटीमा काम गर्ने एलुम मारियो अलभिसीलाई विद्युतीय बाइक निर्माण गर्न हायर गरेको छ। कम्पनीले भविष्यमा इलेक्ट्रिक बाइक ल्याउने योजना बनाएको छ।

कम्पनीले इलेक्ट्रिक बाइक उत्पादनका १५०० करोड भारु लगानी गर्ने योजना बनाएको छ। रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक बाइक सन् २०२५ सम्म बजारमा आउने घोषणा भइसकेको छ।