BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, आवेदक साढे १४ लाखमध्ये आधालाई १०/१० कित्ता

२०८० भदौ १५

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, आवेदक साढे १४ लाखमध्ये आधालाई १०/१० कित्ता
सन नेपाल लाइफको आइपीओ बाँडफाँट, आवेदक साढे १४ लाखमध्ये आधालाई १०/१० कित्ता


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओका लागि साढे १४ लाख आवेदकमध्ये आधाको हात खाली भएको छ। कम्पनीले प्रिमियम मूल्यमा जारी गरेको आइपीओ शुक्रबार बाँडफाँट हुँदा ७ लाख ६८ हजार आवेदकले १०/१० कित्ताका सेयर हात पारेका छन्।

Tata
GBIME
NLIC

आइपीओका लागि परेकामध्ये १४ लाख ६६ हजार ८ सय ६२ जनाको आवेदन योग्य ठहर भएको थियो। गोलाप्रथाको माध्यमबाट ७ लाख ६८ हजार सफल आवेदनकर्तालाई ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसवीआइ मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

सन नेपालले जारी पुँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर जारी गरेको हो। कम्पनीले प्रति सेयर १०० अंकित दरमा प्रिमियम १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा सेयर बिक्री खुलाएको थियो।

जारीमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सरकारसँग श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो।

यस्तै ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १०० अंकित मूल्यमा ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता निष्कासन तथा बाँडफाँड गरेको थियो। बाँकी ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आवेदन खुलाएको थियो। उक्त सेयर शुक्रबार बाँडफाँट गरिएको हो ।

साधारण सेयरका आवेदकहरुले आफूलाई परे/नपरेको https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिन्छ।