BIZMANDU
www.bizmandu.com

आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका, स्थानीयलाई एक वर्षको पास दिइने

२०८० भदौ १५

आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका, स्थानीयलाई एक वर्षको पास दिइने
आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका, स्थानीयलाई एक वर्षको पास दिइने


काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पुन: सर्वसाधारणका लागि खुला हुँदैछ। ८ वर्षदेखि आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो।

Tata
GBIME
NLIC

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौं’, उनले भने।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।

न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।