BIZMANDU
www.bizmandu.com

इस्तानबुलमा हुने विश्‍व खाद्य प्रदर्शनीमा पूर्वका तीन उद्योगले सहभागिता जनाउने

२०८० भदौ १४

इस्तानबुलमा हुने विश्‍व खाद्य प्रदर्शनीमा पूर्वका तीन उद्योगले सहभागिता जनाउने
इस्तानबुलमा हुने विश्‍व खाद्य प्रदर्शनीमा पूर्वका तीन उद्योगले सहभागिता जनाउने


विराटनगर। टर्कीको इस्तानबुलमा हुने विश्‍व खाद्य प्रदर्शनीमा पूर्वका तीन उद्योगले सहभागिता जनाउने भएका छन्। भदौ २० देखि २३ गतेसम्म हुने प्रदर्शनीमा रमपम चाउचाउको उत्पादक एसियन थाई फुड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेजले भाग लिने भएका हुन्।

Vigo
GBIME
Tata

तीन वटै उद्योगमा शारडा र जाजू समूहको संयुक्त लगानी छ। उद्योगका निर्देशक आशिष जाजूले प्रदर्शनीमा रमपम र टुपीएम ब्रान्डका नुडल्स र विभिन्न प्रकारका स्न्याक्स राखिने जानकारी दिए। त्यस्तै गुडलाइफ ब्रान्डका बिस्कुट, कन्फेक्सनरी र जुस पनि प्रदर्शनीमा राखिनेछन्।

‘हामी युरोप, अमेरिका, युक्रेन र अफ्रिकामा निर्यात आक्रामक बनाउन खोज्दैछौँ’, सञ्चालक जाजूले भने, ‘यसका लागि इस्तानबुलको प्रदर्शनले सहयोग पुग्ने विश्वास छ।’ प्रदर्शनीमा युक्रेन, अफ्रिका, अमेरिका र युरोपका आयातकर्ताको बाक्लो सहभागिता हुने बताइएको छ।

एसियन थाई फुड्सले आफ्ना चाउचाउ र स्न्याक्स स्वदेशी बजारमा बिक्रीका साथै भारत, ओमन, कतार, मलेसिया, युएई, अमेरिका, अस्ट्रेलिया, न्युजील्यान्ड, बेलायत लगायत देशमा निर्यात गर्दै आइरहेको छ।