BIZMANDU
www.bizmandu.com

सर्लाहीका चार स्थानीय तहले ल्याउन सकेनन् बजेट, जनप्रतिनिधिबीच मिलेन कुरा

२०८० भदौ १४

सर्लाहीका चार स्थानीय तहले ल्याउन सकेनन् बजेट, जनप्रतिनिधिबीच मिलेन कुरा
सर्लाहीका चार स्थानीय तहले ल्याउन सकेनन् बजेट, जनप्रतिनिधिबीच मिलेन कुरा


काठमाडौ । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन्।

Tata
GBIME

जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्।

स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। तर विभिन्न कारण देखाएर स्थानीय तहले बजेट ल्याएका छैनन्।

हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए। चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको बताइएको छ। हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजानिक नभएको बताइएको छ।

जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन्।