BIZMANDU
www.bizmandu.com

टी-२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात, मलेसियामाथि ५ रनको जित

२०८० भदौ १४

टी-२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात, मलेसियामाथि ५ रनको जित
टी-२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात, मलेसियामाथि ५ रनको जित

काठमाडौं। नेपाली महिला टोलीले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा आज नेपालले घरेलु टोलीलाई ५ रनले हरायो।

Tata
GBIME
Zonsen

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवाती ४ मध्ये तीन ब्याटरलाई शुन्यमै गुमाएको थियो। ओपनर काजोल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा डकआउट भएका थिए। सीता रानामगरले अविजित ३८ रन जोडिन्। अप्सरी बेगमले १७ र कप्तान रुविना क्षत्रीले १२ रन बनाए।

मलेसियाका एइना हमिजा हसिमले २ तथा इज्जाती इस्माइल, एइस्या एलिसा र निक नुरले समान १ विकेट लिए।

८५ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमा समेटियो। उसका लागि कप्तान विनिफ्रेड डुरइसिन्गमले सर्वाधिक २८ रन बनाइन्। हमिजाले १४ र मास एल्साले १० रन जोडे। बलिङतर्फ कविता कुँवर र कविता जोशीले समान २ विकेट लिँदा रुविना र अस्मिना कर्माचार्यले समान १ विकेट लिए।

नेपालले दोस्रो खेलमा शुक्रबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।