BIZMANDU
www.bizmandu.com

गोकर्णेश्वरमा जनैपूर्णिमा : जनै लगाउनेको चहलपहल, बटुकहरुको स्नान

२०८० भदौ १४

गोकर्णेश्वरमा जनैपूर्णिमा : जनै लगाउनेको चहलपहल, बटुकहरुको स्नान
Hindu priests take a holy bath as they are performing rituals at Gokarneshor, Uttarbahini temple during the Janai Purnima festival in Kathmandu, Nepal on Thursday 31 August 2023. Janai Purnima also known as the Sacred Thread festival or Rakshya Bandhan festival, Hindu men, especially the Brahmans and Chettris, perform their annual change of Janai, sacred threads worn across the chest or tied around the wrist and Purified by mantras. The thread is a symbol of protection.
Photo- Prabin Ranabhat

काठमाडौं । आज जनैपूर्णिमा। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

Tata
GBIME
Nepal Life

 
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।

जनैपूर्णिमाको अवसरमा आज गोकर्णेश्वरमा पनि जनै लगाउनेको बिहानैदेखि भिड छ। बिहान गोकर्णेश्वर उत्तरबाहिनीमा रहेको कान्तिभैरव गुरुकुलका बटुकहरूको श्रावणी स्नान गरेका थिए।

गोकर्णश्वरसँगै देशका विभिन्न पवित्र तीर्थस्थलमा आज बिहानैदेखि भक्तालुहरुको घुइँचो छ।