BIZMANDU
www.bizmandu.com

उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरिरहेको अमेरिकाको आरोप, ‘डिल’ रोक्न दियो चेतावनी

२०८० भदौ १४

उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरिरहेको अमेरिकाको आरोप, ‘डिल’ रोक्न दियो चेतावनी
उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरिरहेको अमेरिकाको आरोप, ‘डिल’ रोक्न दियो चेतावनी


अमेरिकाले उत्तर कोरियामाथि रसियालाई हतियार बिक्री गरिरहेको आरोप लगाएको छ। रसिया र युक्रेनबीच युद्ध चलिरहँदा उत्तर कोरियाले विस्फोटक पदार्थ र हतियार क्रेमलिनलाई उपलब्ध गराएको ह्वाइट हाउसले दाबी गरेको छ।

Tata
GBIME
NLIC

रसिया र उत्तर कोरियाबीच हातहतियारबारे भएको सम्झौताप्रति अमेरिका गम्भीर भएको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किरबीले बताए। उनले प्वाङयाङलाई रसियालाई हतिउर उपलब्ध नगाउन आग्रह गरे।

गत जुलाईमा रसियाका रक्षा मन्त्री सर्जी सियोघुले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेर हतियार खरिद गर्ने बारे सहमत गराएको अमेरिकाको दाबी छ। अमेरिकाले उत्तर कोरियालाई सो ‘डिल’बाट पछि हट्न चेतावनी पनि दिएको छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि युद्ध सुरु भएको थियो। आज युद्ध भएको ५५४ दिन भइसकेको छ। खर्बौंको सम्पत्ति तहसनहस हुँदा लाखौं मानिस युक्रेनबाट पलायन भइसकेका छन्। युद्ध रोक्न सार्थक पहल भने भइरहेको छैन।