BIZMANDU
www.bizmandu.com

आजको मौसम : कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२०८० भदौ १४

आजको मौसम : कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै, बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Zonsen

सोही मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।