BIZMANDU
www.bizmandu.com

पूरै देश क्रिकेटमय, शीतल निवासदेखि पार्टी कार्यालय र होटल रेष्टुरेन्टसम्म एसिया कपको माहोल

२०८० भदौ १३

पूरै देश क्रिकेटमय, शीतल निवासदेखि पार्टी कार्यालय र  होटल रेष्टुरेन्टसम्म एसिया कपको माहोल
पूरै देश क्रिकेटमय, शीतल निवासदेखि पार्टी कार्यालय र होटल रेष्टुरेन्टसम्म एसिया कपको माहोल

काठमाडौं। एसिया कप क्रिेेकेटको उद्‍घाटन खेलमा नेपालले अहिले पाकिस्तानसँग खेलिरहेको छ। पाकिस्तानको मुल्तान रंगशालामा भइरहेको खेलमा टस हारेपछि नेपालले बलिङ गरिरहेको छ। यो नेपालको ऐतिहासिक खेल हो।

Tata
GBIME

एसिया कपमा नेपालको यो डेब्यु खेल हो। एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग नेपालले पहिलोपटक खेलिरहेको हो। यो ऐतिहासिक खेल नेपालीहरुले प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेका छन्।

होटल रेष्टुरेन्टहरुले प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरेका छन्। त्यस्ता रेष्टुरेन्टमा बाक्लो उपस्थिति देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समेत खेल हेरिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल नेपालको खेल हेर्दै। तस्वीर: राष्ट्रपतिको निजी सचिवालय

यस्तै विभिन्न राजनीतिक दलका नेताले नेपालको जर्सी लगाएर पार्टी कार्यालयमा खेल हेरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु पार्टी कार्यालयमा नेपालको खेल हेर्दै। तस्वीर: रास्वपा

केही स्थानीय तहले खेल हेर्नका लागि विद्यालय बन्द नै गरेका छन् भने कतिपय विद्यालयले विद्यार्थीलाई पढाइ रोकेर खेल हेराएका छन्।