BIZMANDU
www.bizmandu.com

चीनले नक्सामा भारतीय क्षेत्र राखेपछि जयशंकरले भने ‘बेतुके दाबी’, राहुलले गरे आलोचना

२०८० भदौ १३

चीनले नक्सामा भारतीय क्षेत्र राखेपछि जयशंकरले भने ‘बेतुके दाबी’, राहुलले गरे आलोचना
चीनले नक्सामा भारतीय क्षेत्र राखेपछि जयशंकरले भने ‘बेतुके दाबी’, राहुलले गरे आलोचना


चीनले भारतको केही क्षेत्र आफ्नो ‘स्टायान्डर्ड म्याप’ (नक्सा) मा देखाएपछि भारत सरकारले विरोध जनाएको छ।

Tata
GBIME

अरुणाचल प्रदेशसहित भारतको केही क्षेत्र र अक्साई चीनलाई चीनले आफ्नो सीमाभित्र देखाएको हो। भारतले चीनको सो कदमलाई ‘बेतुके दाबी’ भन्दै कडा विरोध जनाएको छ।

केहीदिन अघि दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सीमामा तनाव घटाउनेबारे सहमति भएको थियो। तर सो सहमति भएको केही समयपछि नै चीनले ‘स्ट्यान्डर्ड म्याप’ सार्वजनिक गरेको हो। सो नक्सामा देखाइएको भनिएको भारतीय क्षेत्रलाई चीनले सुरुदेखि नै आफ्नो भन्दै दाबी गर्दै आइरहेको थियो।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले एक विज्ञप्ति जारी गर्दै चीनद्वारा जारी भएको नक्सालाई ‘तथाकतिथ स्ट्यान्डर्ड म्याप’ भन्दै कूटनीतिक माध्यमबाट कडा विरोध जनाएको बताएका छन्।

‘हामी यस्तो दाबीहरु खारेज गर्छौं। चीनबाट हुने यस्तो क्रियाकलापहरुले सीमाबारे सवाल सुल्झाउनुभन्दा उल्झाउँछ,’ उनले भनेका छन्।

चीनले राष्ट्रिय मानचित्र जागरुकता प्रचार सप्ताह अनुसार नक्सा सार्वजनिक गरेको हो।

चीनले भारतको केही क्षेत्रलाई नक्सामा देखाएपछि मोदी सरकारमाथि भारतीय कांग्रेसका नेता राहुल गान्धीले आलोचना गरेका छन्। मोदीले एक इन्च जमिन नछोड्ने भने पनि त्यो झुठो भएको आफूले सुरु देखि नै बताउँदै आएको राहुलको टिप्पणी थियो।

‘पुरा लद्दाखलाई थाहा छ कि चीनले हाम्रो जमिन अतिक्रमण गरिरहेको छ। यो नक्साको विषय निकै गम्भीर हो। तर उनीहरुले जमिन त लिइसके। यसबारेमा प्रधानमन्त्रीले केही भन्नुपर्छ,’ राहुलले भने।

यता भारतीय विदेश मन्त्री एस जयशंकरले चीनले नयाँ नक्सा जारी गर्नु उसको ‘पुरानो व्यवहार’ भएको बताएका छन्। चीनका लागि राजदूत रहिसकेका उनले भने, ‘भारतको क्षेत्रसहित नक्सा जारी गरेर केही पनि बदल्न सक्दैन। हाम्रो क्षेत्र के हो, यसबारेमा हाम्रो सरकार स्पष्ट छ। बेतुके दाबी गरेर अरुको क्षेत्र आफ्नो हुँदैन।’

चीनद्वारा नक्सामा भारतको केही क्षेत्र र अक्साई चीनबाहेक ताइवान, साउथ साइना सी पनि देखाइएको छ।