BIZMANDU
www.bizmandu.com

पाल्पाको जोर्तेमा पहिरोले जिप पुरिँदा ३ जनाको घटनास्थलमै मृत्यु, हुन सकेन मृतकको सनाखत

२०८० भदौ १३

पाल्पाको जोर्तेमा पहिरोले जिप पुरिँदा ३ जनाको घटनास्थलमै मृत्यु, हुन सकेन मृतकको सनाखत
तस्बिर : रासस


रामपुर (पाल्पा)। पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा जिप दुर्घना हुँदा ३ जनाको मृत्यु भएको छ।

Tata
GBIME
NLIC

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन।

दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस