BIZMANDU
www.bizmandu.com

काजोलको महँगो सपिङ : मुम्बईमा किनिन् साढे ७ करोड भारुको अफिस स्पेस

२०८० भदौ १२

काजोलको महँगो सपिङ : मुम्बईमा किनिन् साढे ७ करोड भारुको अफिस स्पेस
फोटो : काजोलको फेसबुक पेजबाट।

काजोलले मुम्बईमा अपार्टमेन्ट खरिद गरेलगत्तै हालै अफिस स्पेस पनि किनेकी छन्। उनको अफिस स्पेस १९४.६७ वर्ग मिटरको छ।

Tata
GBIME

उनले यसअघि यसैवर्ष मुम्बईमा अपार्टमेन्ट खरिद गरेकी थिइन्। उनले जुलाईमा उक्त अफिस स्पेस किनेकी हुन्। जसको मूल्य ७.६४ करोड भारु रहेको बताइएको छ

काजोलको अफिस मुम्बईको अन्धेरी वेस्टस्थित ओशिवारा, वीरा देसाई रोडमा अवस्थित छ। अफिस खरिदको सम्झौता जुलाई २८ गते भएको थियो।

यसअघि अप्रिलमा काजोलले १६.५० करोड भारुको अपार्टमेन्ट पनि किनेकी थिइन्। उक्त अपार्टमेन्ट २ हजार ४९३ वर्ग फुटमा फैलिएको छ भने चार रिजर्भ्ड कार पार्किङ पनि छ।

उनका श्रीमान् अजय देवगनले पनि हालै ४५.०९ करोड भारुको पाँचवटा अफिस स्पेस किनेका थिए।

काजोल पछिल्लो पटक ‘लस्ट स्टोरिज २’ र ‘द ट्रायल’मा देखिएकी थिइन्। ‘लस्ट स्टोरिज २’ नेटफ्लिक्समा र ‘द ट्रायल’ डिज्‍नी प्लस हटस्टारमा रिलिज भएको थियो।