BIZMANDU
www.bizmandu.com

राष्ट्रपतिद्वारा तीन देशमा आवासीय राजदूत नियुक्त, फ्रान्समा सुधीर भट्टराई

२०८० भदौ ११

राष्ट्रपतिद्वारा तीन देशमा आवासीय राजदूत नियुक्त, फ्रान्समा सुधीर भट्टराई
राष्ट्रपतिद्वारा तीन देशमा आवासीय राजदूत नियुक्त, फ्रान्समा सुधीर भट्टराई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशमा नेपालकाो आवासीय राजदूत नियुक्त गरेका छन्।

Tata
GBIME

पौडेलले आज सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन्। यस्तै, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।

घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।

पौडेलले उनीहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।