BIZMANDU
www.bizmandu.com

धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउँदै

२०८० भदौ ११

धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउँदै
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share


काठमाडौं। नेपाल धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन गर्न समिति बनाउने तयारी गरेको छ।

Vigo
GBIME
Tata

बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति गठन गर्न लागेको जानकारी दिए। ‘बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउने तयारी गरेको छ’, सूचना अधिकारी देवकोटाले भने, ‘समिति गठन गर्न बोर्डभित्र छलफल भइरहेको छ।’

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा इन्ट्राडे ट्रेडिङलाई प्राथमिकतामा राखेको छ। इन्ट्राडे र मार्जिन ट्रेडिङ लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषय हो।

पूँजीबजारको विकासका लागि इन्ट्राडे र मार्जिन ट्रेडिङ आवश्यक रहेको लगानीकर्ताले बताउँदै आएका छन्। सेयर बजारलाई पेसाको रुपमा प्रयोग गर्ने लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ महत्वपूर्ण वित्तीय औजार हो। इन्ट्राडे ट्रेडिङबारे नेप्सेले यसअघि नै अध्ययन गरी प्रतिवेदन बोर्डमा पठाएको थियो।