BIZMANDU
www.bizmandu.com

क्यानको काममा बाधा पुर्‍याएको भन्दै रामेश्वर थापा कारबाहीमा, १० हजार रुपैयाँ जरिवाना

२०८० भदौ ११

क्यानको काममा बाधा पुर्‍याएको भन्दै रामेश्वर थापा कारबाहीमा, १० हजार रुपैयाँ जरिवाना
क्यानको काममा बाधा पुर्‍याएको भन्दै रामेश्वर थापा कारबाहीमा, १० हजार रुपैयाँ जरिवाना


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो काममा बाधा पुर्‍याएको भन्दै वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई कारबाही गरेको छ। क्यानले कारबाहीस्वरुप थापालाई १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

Tata
GBIME

प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘उडान सुरक्षा तथा हवाई सुरक्षा अभिवृद्धि अन्तर्गत नीतिगत निर्णय लागू गर्न र गराउन प्राधिकरण तत्पर छ। तर नेपालको हवाई आकाश सुरक्षित बनाउन दिइएका निर्देशन कार्यान्वयनमा आओनका अध्यक्ष क्याप्टेन थापाबाट पटक-पटक अवरोध सिर्जना गरिएको पाइयो,’ निरौलाले भने, ‘हामीले जरिवाना तिर्न पत्र पठाइसकेका छौं।’

थापाले आफू सम्बद्ध संचार माध्यमबाट प्राधिकरणको निर्णयविपरीत समाचार सम्प्रेषण गरेको भन्दै यो कारबाही अघि बढाएको उनले बताएइ।

सबै वायुसेवा कम्पनीमा गरिएको अडिट, विमानस्थल सेवा शुल्क लागू, बक्यौता नतिरेका कम्पनीलाई दायरामा ल्याउने लगायत काममा थापाले बाधा सिर्जना गर्दै आएको न‍िरौलाले बताए। पछिल्लो  समय चारवटा हेलिकप्टर दुर्घटना भएसँगै प्राधिकरणले जारी गरेको नयाँ मापदण्डमा पनि थापाले विभिन्न माध्यमबाट गलत प्रचार गर्दै आएको क्यानको आरोप छ।