BIZMANDU
www.bizmandu.com

नेपाली सेनाका गुल्मपति २४ घण्टादेखि सम्पर्कविहीन, अन्तिम लोकेसन त्रिपुरासुन्दरीमा देखियो

२०८० भदौ ११

नेपाली सेनाका गुल्मपति २४ घण्टादेखि सम्पर्कविहीन, अन्तिम लोकेसन त्रिपुरासुन्दरीमा देखियो
नेपाली सेनाका गुल्मपति २४ घण्टादेखि सम्पर्कविहीन, अन्तिम लोकेसन त्रिपुरासुन्दरीमा देखियो

काठमाडौं।  नेपाली सेनाका एक गुल्मपति २४ घण्टादेखि सम्पर्कविहीन भएका छन्। डोल्पा सदरमुकाम दुनैमा रहेको बेस क्याम्पका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन्।

Tata
GBIME

पण्डित आइतबार साँझदेखि सम्पर्कमा नरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

‘त्रिपुरासुन्दरीमा अन्तिम लोकेसन देखिएको थियो। त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ,’ जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख भुमिश्वर पोखरेलले भने।

अहिले नेपाल प्रहरीको डिएसपीको कमान्डमा पण्डितको खोजी भइरहेको छ। गुल्मपति पण्डितले सुरक्षागार्डलाई गुल्ममा नै छोडेर सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।