BIZMANDU
www.bizmandu.com

२ महिनादेखि ग्राउण्डेड जहाज मर्मतमा निगमको बेवास्ता, आन्दोलन गर्ने कर्मचारीको चेतावनी

२०८० भदौ ११

२ महिनादेखि ग्राउण्डेड जहाज मर्मतमा निगमको बेवास्ता, आन्दोलन गर्ने कर्मचारीको चेतावनी
२ महिनादेखि ग्राउण्डेड जहाज मर्मतमा निगमको बेवास्ता, आन्दोलन गर्ने कर्मचारीको चेतावनी


काठमाडौं। जहाज मर्मत सम्भारका लागि नेपाल वायुसेवा निगमको कर्मचारी संघले व्यवस्थापनलाई १५ दिनको अल्टिमेटम दिएको छ।

Tata
GBIME
NLIC

संघले जहाज मर्मत नगरी ग्राउण्डेड अवस्थामा राख्दा नोक्सानी बढेको भन्दै व्यवस्थापनलाई १५ दिनको अल्टिमेटम दिएको हो। जहाजको मर्मत सम्भारका लागि मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन (एआरओ) छनोट गर्न पनि संघले माग गरेको छ।

मर्मतमा बेवास्ता गरिरहे आन्दोलनमा उत्रिने संघका अध्यक्ष मानबहादुर कुँवरले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।निगमले नाइन एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाज दुई महिनाभन्दा लामो देखि मर्मत नगरी राखेको छ। यसबाट निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ।

निगमले २० महिनाअघि नाइन एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज बिग्रिंदा इन्जिन लिजमा लिएको थियो।

६० करोडमा नयाँ इन्जिन खरिद गर्न सकिने अवस्थामा कमिसनका लागि ३५ करोड भाडावापत तिरेको संघको आरोप छ। त्यतिखेर समयमै इन्जिनको व्यवस्था नगर्दा उक्त जहाज कतारमा दुई महिनाभन्दा बढी ग्राउण्डेड भएको थियो। निगमले त्यतिखेर ७६ करोड रुपैयाँ आम्दानी गुमाएको संघले बताएको छ।

संघले सञ्चालनमा नरहेका पाँचवटा चिनीयाँ जहाजको व्यवस्थापन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएको छ।